बिजनेस

सुनको मूल्यमा गिरावट


काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी भने गत मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।