कोरोना विशेष

काठमाडौँमा तरकारीबजारबाट फैलिँदै कोरोना, अब कसरी रोकिएला महामारी ?(भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमण पछिल्ला तीन सातामा अत्याधिक फैलिएको छ । छिमेकी मूलुक भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थाले पनि नेपाल भने संक्रमणको अझै उच्च विन्दुमा पुग्ने विज्ञहरूको आँकलन छ । भारतमा संक्रमण विस्तार भएको केही सातामै नेपालमा पनि भयावह स्थिति देखा पर्याे ।

संक्रमण निरन्तर उकालो लाग्ने प्रक्षेपणसहित नेपालमा सरकारले नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्याे । काठमाडौामा लकडाउन सुरु भएको पनि २० दिन पुगेको छ । निषेधाज्ञाको पालना गराउन भन्दै नियामक निकायका अधिकारीहरु सडकमै भेटिने गरेका छन् । निषेधाज्ञा पूर्ण पालना भएको उनीहरुको दावी छ । तर, यहि बीच कोरोना संक्रमण उच्च विन्दुमा पुगेको छ । दैनिक ८ देखि ९ हजार बढिमा संक्रमण देखिरहेका छन् भने मृतकको संख्या पनि उस्तै छ । दुई साताअघि भारतमा अक्सिजनको हाहाकार थियो ।

अस्पतालमा मृत्युलगायतका खबर आएका थिए, त्यस्तै दृश्य अहिले नेपालमा देखिएको छ । समुदायसम्म अझै पनि परिक्षण हुन सकेको छैन पहिलो लहरको कोरोना शहरमा बढि देखिएको थियो भने अहिले गाउँ घरतिर समेत फैलिएको छ । सामजिक दुरी कायम गर्ने, अस्पतालमा अक्सिजन, बेडलगायतको व्यवस्थापन गर्नु पर्ने विज्ञ बताउछन् । परिक्षणमा निरन्तर विशेष गरी भारत र नेपाल नाकालाई परिक्षण व्यापक विज्ञको सुझाव छ । विहान बेलुका तरकारी, किरना पसल लगायतमा मानिसहरुको भिडभाड नै देखिन्छ ।

विहान १० बजेसम्म दैनिक उपभोग्य वस्तुहरुको किनमेलका लागि खुला गरिँदा खुद्रा व्यापारिक केन्द्रहरुमा भीड नथामिएको हो । यसलाई सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन । विज्ञहरुको भनाई अनुसार यस्ता स्थानबाट कोरोना फैलिन थप सहयोग पुगेको छ । यस्तो संकटको अवस्थामा सरकारले स्थानीय तह, प्रदेशसँग समन्वय गरेर टोल–टोलमा पुगेर नमुना संकलन गरि परीक्षण गर्ने र भ्याकसीनलाई उच्च प्राथमिकतामा राख्नु पर्ने सवैको सुझाव छ ।

तर न सरकारले भ्याक्सीन आयात गर्ने लगाउनेमा सफल भएको देखिन्छ न रोकथामका उपायहरु प्रभावकारी बनाउन नै सफल भएको देखिन्छ । यस्तै अवस्था रहे लकडाउनको समय थपिँदै जाने तर परिणाम संधै हात लाग्यो शुन्य हुने अवस्था नआउला भन्न सकिन्न ।