कोरोना विशेष

बेड अभाव भए अस्थायी व्यवस्था गरेर संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश


काठमाडौँ – बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अक्सिजनको आपूर्ति प्रभावकारी बनाउन पनि आदेश दिएको छ ।सर्वोच्चले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेकाहरुलाई खोप दिन पनि आदेश दिएको छ ।