कोरोना विशेष

त्रिभुवन विमानस्थबाट भारतीय नागरिक बोकेर पाँच वटा जहाज साउदी जाँदै


काठमाडौँ – भारतीय नागरिक बोकेर मंगलबार त्रिभुवन विमानस्थबाट पाँच वटा जहाज साउदी अरेवियाका लागि उड्दैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् ।

हिमालयका दुई जहाज भने बिहानै उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् । नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई तीन र नेपाल एयरलाइन्सलाई सात उडानको अनुमति दिएको हो । नेपाल एयरलाइन्सले थप उडान १९, २०, २१ २२ र २३ तारीखमा गर्ने गरि तालिका बनाएको छ ।