राजनीति

बादललाई जिताउन ओली पक्ष जुट्यो छलफलमा


काठमाडौँ – नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेटेर गृहमन्त्री तथा राष्ट्रियसभा सदस्यका उमेदवार रामबहादुर थापा ‘बादल’ फर्किएलगत्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूह छलफलमा जुटेको छ ।

सिंहदरबारमा उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलको कार्यकक्षमा नेताहरु पोखरेल, बादल, वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईबीच छलफल भइरहेको छ ।

बादललाई निर्वाचन जिताउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । उपनिर्वाचनका उम्मेद्वार बादल आज नेता नेपाल भेट्न कोटेश्वर पुुग्नुभएको थियो ।