बिजनेस

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेसंगै नयाँ रेकर्ड कायम भएको छ ।

सेयर लगानीकर्ताहरुले सेयर बजारमा उल्लास देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताउनुभयो।

मंगलबार १ करोड १५ लाख ९ सय ६१ कारोबार भएकोमा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । आज किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।