कोरोना विशेष

नेपालका ७४ जिल्लामा निषेधाज्ञा, तीन जिल्ला मात्र खुला


काठमाडौँ – कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । अब निषेधाज्ञा गर्न बाँकी जिल्ला मनाङ, खोटाङ र तेह्रथुम मात्र रहेका छन् ।

कोरोना भाइरस संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिइएको छ । हाल मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ भने ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।