देश

दासढुंगा दुर्घटनाको निष्पक्ष छानबिन गरेर रहस्यको अन्तिम निर्क्योल गरौं : डा. भट्टराई


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा पूर्व एमाले नेतृसमेत रहेकी भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएका बेला दासढुंगा दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको छ ।

२८ वर्षअघि आजैका दिन अर्थात् २०५० जेठ ३ गते चितवनस्थित दासढुंगामा भएको गाडी ‘दुर्घटना’मा परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । उक्त घटना रहस्यमय थियो तर आजसम्म त्यसको वास्तविकता पत्ता लाग्न सकेको छैन ।

आज जेठ ३ गते २८औं स्मृति दिवसको सन्दर्भमा डा. भट्टराईले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारी भएकाले त्यो रहस्यमय दासढुंगा दुर्घटनाको अन्तिम निर्क्योल गरिनुपर्ने बताउनुभएको छ ।

‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धासुमन,’ डा. भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं’