कोरोना विशेष

भन्सार विभागले अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ खटायो


काठमाडौँ – भन्सार विभागले स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरेको भन्सार विभागका महानिर्देशक यमलाल भूसालले जानकारी दिनुभयो ।

कोरोना महामारीमा भन्सार प्रशासनले खेलेको भूमिका सम्बन्धमा सोमबार आयोजित भर्चुअल कार्यक्रममा भूसालले यस्तो बताउनुभएको हो । अर्थमन्त्री विण्णु प्रसाद पौडेलसहितको सोमबारको बैठकमा कोरोना रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिइएको छ ।

अर्थमन्त्री पौडलले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभयो । साथै भन्सार विभागका अनुसार केन्द्र स्तरमा हुने अधिकांश कामलाई अहिले अनलाइन प्रणालीबाट व्यवस्थित गरिएको छ ।