समाचार

मन्त्रीको गाडीले दियो र उपसचिवको गाडीलाई ठक्कर


काठमाडौँ – सोमबार सिंहदरबारको मुखैमा मन्त्रीको गाडीले उपसचिवका गाडीलाई ठक्कर दिएको छ । मन्त्री सवार गाडीले ट्राफिक नियम मिचेर गाडी चलाई सिंहदरबारतिर छिर्न खोज्दा उपसचिव सवार गाडी ठक्कर खाई क्षति पुगेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) अगाडि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ सवार को १ झ ६९९ नम्बरको गाडी र नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ १९६१ नम्बरको गाडी ठक्करमा पर्दा गाडीमा अगाडिको बम्पर क्षतिग्रस्त भएको छ । ट्राफिकले अहिले दुबै गाडीलाई नियन्त्रणमा लिएको छ ।