बिजनेस

सुनको मुल्य उकालो लाग्ने क्रम जारी, कति पुग्यो त मुल्य ?


काठमाडौँ – नेपाली बजारमा सुनको मुल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । आईतबार नौ सय रुपैयाँले बढेको सुनको आज तीन सयले बढेको छ । आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।
यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।