समाचार

चीनबाट अक्सिजन सिलिन्डर बोकेको विमान आज आउँदै, दोस्रो खेप लिन आजै बेइजिङ जाने


काठमाडौँ – साढे चार सय थान अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज सोमबार दिउँसो दुई बजे नेपाल आउँदैछ ।

पहिलो खेप लिएर आएको जहाज अर्को खेप सिलिन्डर लिन आजै राति ११ बजे पुन बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाडौँ आएर ११ बजे उड्ने तालिका रहेको छ ।