देश

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आज राति १२ बजेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ कायम भएको छ ।
आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।