समाचार

महामारीबीच रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ – कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढेसँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले जटिल बिरामीका लागि समेत आवश्यक रगत अभावले उपचार हुन नसकेको बताएपछि निषेधाज्ञा कै बीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए ।

सम्पन्न कार्यक्रममा सबैभन्दा बढी पत्रकारले नै रक्तदान गरेका छन् । करिब २ घण्टा चलेको कार्यक्रममा २३ पिन्ट रगत जम्मा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । ‘हामीले सहयोग गर्ने यस्तै अवस्थामा हो । सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं ।

जीवनरक्षाका निम्ति जस्तो पनि सहयोग गर्न तयार छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फेरी पनि रक्तदान कार्याक्रम आयोजना गरिने छ ।’ उक्त आकस्मिक रक्तदान अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा समपन्न भएको हो ।