समाचार

चीनबाट आइपुग्यो ५५० खाली अक्सिजन सिलिन्डर


काठमाडौँ – अक्सिजन ग्याँस सिलिन्डर ल्याएर नेपाल एयरलाइन्सको जहाज काठमाडौँ आइपुगेको छ । चीनको बेइजिङबाट जहाजले ५ सय ५० खालि अक्सिजन सिलिन्डर ल्याएको हो ।

नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो ।

चीनले दिएको २० हजारमा १८ हजार स्थलमार्गबाट आउँदै छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ । यी सामग्री ल्याउनका लागि जहाज हिजो राती बेइजिङ प्रस्थान गरेको थियो ।