राजनीति

जसपाका नेता दुई अध्यक्ष ठाकुर र यादवबीच भेटवार्ता हुँदै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) मा देखिएको विभाजनतर्फको विवादलाई लिएर दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आईतबार दिउँसो एक बजे भेटवार्ता हुने भएको छ। अध्यक्ष ठाकुरले बहुमत सांसदसहित संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई चयन गरेपछि विवाद चुलिएको छ ।

विश्वासको मत दिने राख्ने समयमा पनि दुई भागमा बाडिएकको पार्टीभित्रको आन्तरिक कलहले विभाजन हुने तिर मोडिएको छ । हिजो संसदीय दल अध्यक्ष डा.बाबुराम भट्टराई र यादवले आफू पक्षीय नेताको बैठक राखेको थियो । सो बैठकले ठाकुर–महतो पक्षलाई कारबाही गर्ने बताएको थियो । यादव पक्ष आफूले चाहे अनुसारको कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउन नपाएपछि आक्रोशित छन्। यस्तो अवस्थामा ठाकुर र यादवबीच वार्ता हुन लागेको हो।