मनोरञ्जन

रहनन् गीत तथा संगीतकार चेतन कार्की


काठमाडौँ – गीतकार तथा संगीतकार चेतन कार्कीको निधन भएको छ । उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको उनका छोरा ब्रिगेडियर जनरल पंकज कार्कीले बताएका हुन् ।
पिताजीको नामले पनि प्रख्यात गीतकार कार्कीको ८४ बर्षको उमेरमा निधन भएको हो । हिजो दिउँसो अक्सिजनको कमी भएपछि उनलाई इमर्जेन्सीमा लगिएको थियो। उनले अनेकौं मन छुने कालजयी लोकप्रिय गीतमा संगीत दिएका छन् ।
उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।

गीति संग्रह, कथा, कविता र उपन्याससमेत सार्वजनिक गरेका उनका हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्।

उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।