समाचार

एनआरएनको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर


काठमाडौँ – नेपोली मुलुकका विदेशी नागरिक गैरआवासीय नेपाली (एनआरएन) संघले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएको छ । नेपालमा भइरहेको अक्सिजन अभाव पूर्तिका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको हो ।

एनआरएनले नेपाली दूतावास ओमानको सहकार्यमा सिलिन्डर काठमाडौं पठाएको हो। एनआरएनएका सचिव आरके शर्माले खाडीमा कार्यरत नेपाली श्रमिक तथा व्यवसायी एक करोड ८ लाख रुपैयाँ संकलन गरेर सिलिन्डर पठाएको जानकारी दिए । त्यसका लागि कतारमा ३५ लाख, बहराइनमा २० लाख, ओमानमा १५ लाख, संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ लाख, साउदी अरबमा १३ लाख र कुवेतबाट १० लाख रुपैयाँ संकलन भएको थियो । यता चीनको राजधानी बेइजिङबाट चीन सरकारले दिएको अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज शनिबार नै राति त्यसतर्फ उडेको छ ।