कोरोना विशेष

पछिल्लो २४ घण्टामा १ सय ८७ को मृत्यु, ८ हजार १६७ जना संक्रमित थपिए


कोरोना संक्रमणबाट थप २०३ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १ सय ८७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १ सय ६७ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।

मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन् । गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।