देश

डब्लूएचओ भन्छ : कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो


काठमाडौँ – कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताउनु भएको हो ।

भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ । त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन् ।’ डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ ।