समाचार

रातो मत्स्येन्द्रनाथको रथयात्रा साढे २ बजे तान्ने तयारी


काठमाडौँ – शनिबार रातो मत्स्येन्द्रनाथको रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने भएको छ । रथयात्रा विगतका वर्षमा झै हजारौंको संख्यामा मानिसको उपस्थिति नभई कोरोना महामारीलाई मध्यनजर गर्दै पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको हो ।

शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।