समाचार

काठमाडौँ छाड्नेलाई आज रातिसम्मको म्याद


काठमाडौँ – जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ ।

‘जधानीमा रोकिएका अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार जधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको बताउनुभयो ।
बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको प्रजिअ पराजुलीको भनाई छ ।

बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि प्रमुख जिल्ला अधिकारी बताउनुभयो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।