समाचार

कोभिड शव व्यवस्थापनमा जुट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता भत्ता दिने निर्णय


काठमाडौँ – दोस्रो पटक पुनःनियुक्ति भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस महामारीमा मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

दोस्रो कार्यकालको शुक्रबार पदभार ग्रहण गर्दै शव व्यवस्थापन गर्ने कर्मचारीलाई प्रत्येक शव बापत १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निणर्य गरेको हो । यसअघि सरकारले जोखिम भत्ता दिँदै आएको भएपनि शव दाहसंस्कारमा सहभागी हुने पशुपति आर्यघाटका कर्मचारीलाई यस्तो भत्ता दिएको थिएन ।

अबदेखि भने उनीहरुले प्रत्येक शव जलाएवापत एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने छन् । साथै मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन व्यवसायलाई राहत मिल्ने गरी नीति निर्माण गर्न पनि निर्देशन दिएका छन् ।