देश

माधव पक्षको साथ नपाएपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्षले आफुलाई धोका दिएको भन्न नमिल्ने प्रक्रिया दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्रीमा पुन नियुक्त भएपछि प्रचण्डले नेपाल पक्षले धाका दियो भनेर भन्न नमिल्ने बताउनुभएको हो ।

संसद भवन नयाँ बानेश्वरमा कोरोना खोप लगाउन पुगेका दाहालले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या होलान् ।’ उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्न नमिल्ने दाहालले बताउनुभयो ।