राजनीति

नेपालले बोलायो आफू निकट सदस्यको बैठक


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाएको छ ।
नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।बैठक भौतिक उपस्थिति नभई भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।