कोरोना विशेष

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन


काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण बिहीबार अपराह्न निधनभएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भएपनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो ।