कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बुधबार मात्रै देशभर ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् भने २१४ जनाको ज्यान गएको छ ।