देश

लिखित सहमतिविना अध्यक्ष केपी ओलीसँग अलमलमा नपरौँ : रामकुमारी झाँक्री


काठमाडौँ – एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिविना अध्यक्ष केपी ओलीसँग अलमलमा पर्न नहुने बताएकी छन् । प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल चलिरहेका बेला नेतृ झाँक्रीले बिहीबार साँझ सामाजिक सञ्जालमा‍‌र्फत ओलीले संसद् विघटनलाई सही प्रमाणित गर्न चाल चालिरहेकाले सतर्क हुनुपर्ने बताएकी हुन् ।

साथै झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्न विद्रोह मात्रै विकल्प भएको बताएकी छन् । उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुनेमा जोड दिएकी छन् ।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ । जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो विद्रोह’, ट्वीमा झाक्रीले लेखेकी छन्, ‘हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ । ’