देश

उपप्रधानमन्त्री र अमेरिकी राजदूत संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने


काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कुटनीतिक पहल तीब्र गर्नुभएको छ । सोही अवसरमा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गर्नुभएको थियो । नेपालमा कोराना भाइरसको तीब्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभयो

नेपालमा कोरानाभाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहयोग गरिने जानकारी दिनुभयो तर, के–के सहयोग गरिने भन्ने बारेमा आउँदो आइतबारसम्म टुंगो लाग्ने बताउनुभयो ।

उहाँले हप्तामा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सीसीएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०बाट पाउने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।