कोरोना विशेष

कोरोनामुक्त भएर पूर्वराजा १९ दिनपछि अस्पतालबाट डिस्चार्ज


काठमाडौँ – कोरोना संक्रमितबाट मुक्त भएपछि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी बुधबार राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएक हुन् ।
उपचारको क्रममा शाह विगत १९ दिनदेखि अस्पतालमा थिए । कोरोना संक्रमण भएपछि शाहसँगै उनका पत्नी पूर्वरानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि पूर्वराजा शाहको ३ दिनअघि गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको क्रमिक रुपमा सुधार भएपछि आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् ।