बिजनेस

नेप्से स्थिर हुँदा कारोवार रकममा पनि गिरावट


काठमाडौँ – साताको चौथो कारोवारको दिन बुधवार नेपाली शेयर बजार मापक नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । बुधवार नेप्से शून्य दशमलव ५६ अंक मात्र बढेर २ हजार ६७३ दशमलव ८८ विन्दुमा बन्द भएको हो । त्यसैगरि, सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १४ अंक बढेर ४७८ दशमलव ३८ विन्दुमा छ ।

मंगलवारको तुलनामा बुधवार कारोबार रकम घटेको छ । मंगलवार ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर कारोबार भएकोमा बुधवार ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर कारोबार भएको छ ।

यो कारोबार २१५ कम्पनीको ६२ हजार ९७२ पटकको व्यापारमा भएको हो । यस दिन नेप्सेमा सबैभन्दा बढी नेपाल पुुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ ।