समाचार

चिकित्सक संघद्वारा देशभर रेड अर्लट घोषणा


काठमाडौँ – नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। कोरोना संक्रमिकतको संख्या बड्दै तीव्र गतिमा बढ्दै गएपछि संघले अलर्ट घोषणा गरेको हो ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपिल छ।

दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघको अपिल छ।

No description available.
No description available.