कोरोना विशेष

आधा घण्टा ढिलो गरी अक्सिजन आपूर्ति हुँदा पाँच जनाको ज्यान गयो


काठमाडौँ – लुम्बिनी प्रदेशको बुटवलमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन ल्याउन आधा घण्टा ढिलो हुँदा उनीहरुको मृत्यु भएको हो ।

अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन आपूर्ति गर्नाले बिरामीको मृत्यु हो । मृत्यु हुनेमा आईसीयूमा उपचाररत चार जना पुरुष र एक जना महिला रहेका छन् । समयमा अक्सिजन आपूर्ति हुन नसक्दा उनीहरुले ज्यान गुमाउन परेको हो । अस्पतालमा उपचाररत मृतक ४ जना रुपन्देहीका र १ जना नवलपरासीका रहेका छन् ।
उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।