कोरोना विशेष

कोरोनाले नेपालमा एकैदिन १६८ जनाको मृत्यु, ९ हजार ३०५ जनामा संक्रमण पुष्टि



काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३०५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६२ नमुना परीक्षणमा ९ हजार २३८ र एन्टिजेन विधिबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

आज देशभर ४ हजार ४४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ५१७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएक