समाचार

रेम्डिसिभिर खरिदका लागि परिचय पत्र चाहिने


काठमाडौँ – कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि रेम्डिसिभिर खरिदका लागि अब परिचय पत्र चाहिने भएको छ । चिकित्सकको सिफारिससहित औषधि खरिद गर्ने व्यक्तिले परिचयपत्रको प्रमाणपत्र लिएर गएमा मात्र औषधि खरिद गर्न पाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पताल र अस्पतालमा भर्ना भएका संक्रमितका लागि चिकित्सकको प्रिस्क्रिप्सनानुसार रेम्डिसिभिर कम्पनीबाट लिन पाइने जनाएको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर अब आयातकर्ता आयान हेल्थकेयरले सिधै वितरण गर्नेछ । यसरी वितरण गरिने रेम्डिसिभिरको मूल्य प्रतिभाइल चार हजार ९०० रुपैयाँ तोकिएको छ ।