देश

सत्तामा रहँदा कुशासन दिने कांग्रेसको नौटंकी फेरि देखिँदैछ : महेश बस्नेत


काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले ७१ वर्षपछि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता अरुलाई दिलाउन प्रचण्ड लागि परेको आरोप लगाएका छन् ।

त्यस्तै उनले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिन थालेको’समेत टिप्पणी गरेका छन् । ७ बुँदामा आफ्ना भनाइ राख्दै बस्नेतले माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको आलोचना गरेका छन् ।

  • ७१ बर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो ।
  • जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।
  • विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ।
  • पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।
  • आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।
  • राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।
  • स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।