देश

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान, तीन दललाई वैशाख ३० सम्मको मौका


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । उहाँले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गर्नुभएको हो । राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा (७६) को २ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । सोमबार संसदमा भएको विश्वासको मतको पक्षमा ९४, विपक्षमा १२४ र १५ जना सांसद तटस्थ बसेका थिए ।