समाचार

थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि, १३९ को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३७ हजार ९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।