राजनीति

ओलीजी तपाईंलाई विश्वासको मत माग्ने नैतिक अधिकार छैन : प्रचण्ड (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सँग विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले सोधे,’प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?

प्रतिनिधि सभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘पार्टीमा तपाईं र मेरो झगडा भएको थियो । विवाद भएको थियो । तर हाम्रो झगडाको मार संसद, देश र जनतामाथि थोपर्न पाइन्छ रु प्रतिनिधि सभा विघटन गरेर गर्ने हो र ?’

अहिले विश्वासको मत लिन आएकाप्रति पनि शंका गर्दै दाहालले भन्नुभयो, ‘के फेरि विघटनमा जाने खेलका लागि त यो सब भइरहेको होइन ? फेरि विघटनको बाटो बनाउन आएको त होइन ?’

यदि सही नियतका साथ लिएको भए त अहिले होइन, संसदको पुनस्र्थापना भएको ३० दिनमै पो लिनुपर्दथ्यो नि रु उहाँले थप्नुभयो, ‘यो सरकार ७६ (१) बाट (२) मा परिवर्तित हुनेवित्तिकै विश्वासको मत लिनुपर्ने थियो नि, किन त्यासो गर्नुभएन ?’

आफूहरुले समर्थन फिर्ता लिँदा फेरि विघटन गर्ने हो कि भन्ने डरले फिर्ता नलिएको भन्दै उहाँले नियमित अधिवेशन छल्न त यसो गरेको त होइन रु लोकतान्त्रिक पद्धति छलेर अरु केही गर्न खोज्दै त हुनुहुन्न ? भन्ने प्रश्न गर्नुभयो ।