कोरोना विशेष

काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस


काठमाडौँ – जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौँले उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । काठमाडौँका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।