देश

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


काठमाडौँ – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेशसभाका सचिव हरिराज पोखरेलका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र आएको हो ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नुभएको छ । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिनुभएको थियो ।