देश

संसद्को विशेष अधिवेशन सुरू, प्रधानमन्त्रीले सम्बोधन गर्दै (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमवार दिउँसो सवा १ बजे बैठक शुरू भएको हो ।

पहिलो बैठकमा सभामुख अग्नि सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए । यस्तै बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम प्रस्ताव गरेर सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।