राजनीति

झलनाथ–माधवलाई भेट्न सिंहदरबार पुगे पौडेल र नेम्वाङ


काठमाडौँ – सांसद पदबाट राजीनामाको तयारीमा रहेका एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद भेट्न अर्थमन्त्रीसमेत रहेका एमाले महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार पुगेको छ ।

स्रोतका अनुसार पौडेल र नेम्वाङलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि पठाएको बुझिएको छ । खनाल–नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् । सांसदहरुले पदबाट आजै राजीनामा दिने तयारी रहेको समेत गरेका छन् ।