देश

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु


काठमाडौँ – संघीय संसद प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद भवन नँया बानेश्वरमा बैठक बसेको हो । बैठकले कोरोना संक्रमणमा परेका सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतमा मतदानको व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

संसद सचिवालयका अनुसार परामर्श समितिको बैठकले सोमबार १ बजे बस्ने संसद बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन, कोभिड–१९ संक्रमित एवं पीसीआर परीक्षण नगरेका सांसदहरुको उपस्थिति र मतदान लगायतको आवश्यक व्यवस्थापन सम्बन्धमा र विविध विषयमा छलफल भइरहेको हो ।