कोरोना विशेष

मै हुँ भन्नेहरुले नै लखर लखर हिँडेर कोरोना फैलाए, नेता र बुद्धिजिविले इज्जत फाले


काठमाडौँ – कोरोना महामारी रोक्न सरकार गैरजिम्मेवार बनेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । तर समाजको बौद्धिक र शिक्षित भनिएका समूदाय नै जिम्मेवार नहुँदा संकट चुलिँदै गएको सरकारको दावी छ ।

काठमाडौँ सहित देशका अधिकांश जिल्ला ठप्प अवस्थामा छ । कोरो नियन्त्रणका लागि सरकारले अपनाएको निषेधाज्ञाको विकल्पलाई समेत कतिपयले प्रभावकारी नभएको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले बन्द मात्रै समस्या निराकरणको उपाय होइन भनिरहका छन् ।

बन्दको अवस्थामा सरकारले उचित कदम चाल्न नसकेको परिणामस्वरुप स्थिति भयावह बन्दै गएको प्रति जनता रोष प्रकट गरिरहेका छन् । तरसमाजका मै हुँ भन्ने बुद्धिजिवि, राज्य शक्तिलाई अलिकति भएपनि प्रभावित बनाउन सक्ने र बुझक्कडहरुका कारण कोरोना थप फैलिएको सरकारको बुझाई छ । हुन पनि बन्दाबन्दीको अवस्थालाई सोर्सफोर्स र प्रभावका आधारमा उल्लंघन गर्ने र नीति निर्माताहरुकै गतिविधि राज्यको नीतिभन्दा बाहिर छ ।

राजनीतिक दलको लापरबाही, प्रशासक र सबै पक्षको अयोग्यता र गलत आचरणका कारण महामारी डढेलो झै सल्किएको स्वासथ्य मन्त्रालयको निष्कर्ष छ । आफैँ नियम बनाउने अनि आफेँ सवैभन्दा पहिले उल्लंघन गरेर चूनौती दिने अवस्थाले कोरोना फैलावट आकाशिएको छ । सरकारको अनुरोधलाई आम जनताले पालना गरिरहेपनि कमजोरी नीति निर्मातामै देखिन्छ । यहीबेला राजनीतिक रस्साकसीले माहोल थप गरमागरम बन्दै छ ।
यस्तो स्थितिलाई सरकार र नागरिक एक भए मात्र काबुमा राख्न सकिने विज्ञहरुको टिप्पणी छ ।

सरकारले आफ्ना सबै संयन्त्र, नागरिक समाजलगायत सम्पूर्ण तह र जनतालाई एक गराएर महामारीबाट बचाउन बेला हो । तर संयोजनकारी भूमिका निर्वाह गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालय र मातहतका निकाय पनि अरुलाई मात्रै दोष थुपारेर उम्कीने दाउमा नलाग्दै हितकर हुने देखिन्छ । बन्दको अवस्थालाई थप कडाइ गर्ने र यही मौकामा परीक्षण, उपचार र व्यवस्थापनमा दत्तचित्त हुन सके कोरोनालार्य आफ्नो काबुमा लिन कुनै अरु मेहनत गर्नु पर्ने आवश्यकता देखिन्न ।