कोरोना विशेष

कोरोना संक्रमित हुनेको नयाँ रेकर्ड ९११६ जनामा संक्रमण पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप नौ हजार एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण हुनेको अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परिक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।
सो अवधिमा कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ । सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।