राजनीति

ओली र नेपाललाई मिलाउन मध्यस्थताको भूमिका खेल्दै दुगड


काडमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै असन्तुष्ट नेता माधव नेपालबीच सहमति गराउनु जो केही हरसम्भव लागीपरेका छन् । अहिले यी दुई नेताबीच सहमति गराउनका लागि एमालेकै दोस्रो तहका नेता, सांसददेखि उद्योग व्यापारीहरुसम्म लागीरहेका छन् ।
भध्यक्ष आली र नेता नेपालबीच औपचारिक संवाद गराउन आज दिउँसो निरन्तर प्रयास भइरहेको थियो । त्यसका लागि एमालेका दोस्रो तहमा नेताहरू मात्र होइन, सांसद तथा व्यापारी मोतीलाल दुगडसमेत लागेका थिए । तर आज हुने भनिएको दुई नेताबीचको निर्णायक वार्ता पूर्वसर्तका कारण हुन सकेन । यसैकारण आज दिउँसो ओलीको विशेष दूतका रूपमा दुगड नेपालनिवास पुगेका थिए ।
उद्योगी दुगड संवाद गराउनकै लागि हिजो एमाले नेता सोमप्रसाद पाण्डेसहित संयुक्त रूपमा ओलीसँग छलफल गरेका थिए । खासगरी पूर्वसर्त नराखेर संवादमा जोडिनुपर्ने यी दुई नेताको भनाइ थियो ।

एकाध घण्टा नेपालसँग संवाद गरेका दुगडले सहमतिका लागि पूर्वसर्तविना वार्तामा बस्न आग्रह गरेका थिए । एमालेको विभाजन रोक्न दुवै नेता सर्तविहीन अवस्थामा वार्तामा बस्नु नै उपयुक्त हुने सुझाव दिएको दुगडले बताएका छन् । दुगडका अनुसार दुवै नेता छलफलका लागि तयार छु भनेता पनि अहिले सम्म ठोस कुरा भने नआएको बताए । आज दुई नेताबीच छलफल हुन सकेन भोलिचाहिँ जसरी पनि हुने नेतालाई मिलाउन मध्यस्थकर्ताको भूमिका खेलिरहेका दुगडको भनाई छ ।