राजनीति

शीतल निवासमा ओली–नेपालबीच ‘भद्र सहमति’ !


काठमाडौँ – नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच शीतल निवासमा ‘भद्र सहमति’ भएको बुझिएको छ ।

मध्यरातसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रम विकसित गरेको र आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री ओलीले छिट्टै केही नयाँ सन्देश दिने एक नेताले जानकारी दिनुभयो । दुवै नेताबिच राष्ट्रपतिको उपस्थितिमा भएको भनिएको भद्र सहमतिबारे नेताहरूले भने केही बताएका छैनन् ।

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार मध्यरातसम्म छलफल गरेकी छन् ।

शेरबहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि मिसिएपछि राति १२ बजेसम्म निर्णायक छलफल चलेको थियो ।

स्रोतका अनुसार नेपालले राष्ट्रपतिको उपस्थितिमा अध्यक्ष ओलीबाट कारबाही नहुने ग्यारेन्टी चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको छ । राष्ट्रपतिले ओली र नेपालसँग बिहीबार अलग अलग छलफल गरेकी थिइन् ।