समाचार

सम्झनामा प्रेमध्वज प्रधान (भिडियोसहित)


काठठमाडौँ – नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । उनको निधनसंगै नेपाली साँगेतिक आकाशमा एक चम्कीलो तारा अस्त भएको छ ।

प्रेमध्वज प्रधान, नेपाली साँगेतिक क्षेत्रमा कहिल्यै नलर्खराएको नाम । तर दुखको कुरा ८५ वर्षको उमेरमा प्रधानले दह त्याग गरे । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । विहिबार नै उनको पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ । कोरोनाका कारण श्रृजित परिस्थीतिले प्रधानको अन्तिम सस्कार एक प्रकारले गुमनाम जस्तै बन्यो । यदी समय यस्तो नहुँदो हो त यो समयमा हजारौँ मलामीका साथमा उनी आर्यघाट पुग्ने थिए । आर्यघाटमा उनका हजारौं श्रोताहरुको भीड जम्मा हुने थियो र उनलाई बैकुण्ठबासको अन्तिम श्रद्धा अर्पण गर्ने थिए । कोरोना महामारीकाबीच उनलाई सुन्य बनाएर प्रधान चीर निन्द्रामा लीन भएका छन् ।

यद्यपी उनको सम्झना र श्रद्धा अर्पण गर्दै फेसबुक लगायतका सामाजिक सञ्जालहरु भरिएका छन् । उनका कालजयी गीतहरु सम्झना स्वरुप गुन्जीन थालेका छन् । स्वर सम्राट नारयाण गोपाल, नातीकाजी, फत्तेमान राजभणरी, रत्नशम्शेर थापा जस्ता मुर्धन्य सांगेतिक ताराहरुको माझ प्रेमध्वज प्रधान पनि थिए । अर्थात यी व्यक्तित्व एकै कालखण्डको नक्षेत्र थिए । जसलाई नेपाली संगितको स्वर्ण युग मानिन्छ ।

जसरी नारायण गोपाल श्रेष्ठलाई स्वर सम्राटको उपनामले चिनिन्छ, त्यसैगरी प्रधानलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’को उपनामले पनि चिनिन्छ ।
उनको प्रसिद्धि गायकीमा मात्रै होइन संगितमा पनि हो । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए ।

यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् । अघिल्लो पुस्तामा मात्रै नभई आउने पुस्तौँ पुस्तालाई लोभ्याउने उनले यी कालजयी गीतहरु सम्झना स्वरुप नेपालीमाझ छाडेर गएका छन् ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । आफ्नो ढल्कँदो उमेरमा पनि उनी संगितमै रमाउने गर्दथे । पत्रकार र मिडियासंग झ्याम्मिने प्रधानको जीवनको अन्तिम अन्तिम क्षेणसम्म कायमै थियो । टाढा भइगयौ फेरि नफर्कने गरि भन्ने उनको गीत झैँ आज आफैँ कहिल्यै नफर्किने गरी परलोक यात्रामा निस्कीएका छन् । प्रधानका यी स्वर र संगितहरु नै हामी माझ अमर बनि रहनेछन् । उनलाई त केबल अञ्जलीभरीको हार्दिक श्रद्धासुमन ।