गण्डकी प्रदेश

वैशाख २७ : गण्डकी सरकारको ‘निर्णायक’ दिन !

योहो संवाददाता

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान वैशाख २७ मतदान हुने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । सो प्रस्तावमाथि त्यही दिन मतदान हुने बताउनुभयो ।

वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो ।

तर, मतदानकै दिन जनमोर्चा सांसद ‘बेपत्ता’ भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले उनको ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन्। सोहि निवेदनसँगै सभामुख नेत्रनाथ अधिकारीले सभाको बैठक अनिश्चित कालका लागि स्थगन गरेका थिए।